पाल्पामा ८७ प्रतिशत रोपाइँ
पाल्पा | साउन १, २०७९
पाल्पा: पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयो । उहाँका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ ।
यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्वखोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा असार पहिलो हप्तादेखि नै धान रोपाइँ भएको छ । जिल्लामा असारको पहिलो हप्तादेखि नै रोपाइँको चहलपहल सुरु भएको हो । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ ।
जिल्लामा करिब आठ हजार ६२० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । मनसुन चाँडै नै भित्रिएकाले यस वर्ष छिटो रोपाइँ सुरु भएको हो । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ, पूर्वखोला, दोभानलगायत स्थल धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ । साबित्री, हाइब्रिड, रामधान, सावा मन्सुलीलगायत धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

